Incident Reports

महिला बेचखिनका आरोपितलाई पाँच वर्षको जेल सजाय

2014-11-27

Madhes, Saptari, Hanumannagar Kankalini

Manoj Kumar Pokharel सप्तरी । ०७१ मङ्सिर ११ गते ३३ वर्षीया एकल महिलालाई बेचबिखन गर्न खोजेको आरोपमा पोर्ताहा गाविस-८ का ३९ वर्षीय अशोककुमार यादवलाई अदालतले ०७१ मङ्सिर १० गते पाँच वर्षकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश पुष्पराज थपलियाको आदेशले थुनामा रहेका आरोपितलाई पाँच वर्षकैद र २५ हजार रुपियाँ जरिवाना गर्नुका साथै पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको अदालतले जानकारी दिएको छ । स्रेस्तेदार नवराज दुलालले दिएको जानकारीअनुसार आरोपित वैशाख १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका थिए । भारतमा बेच्ने उद्देश्यले विवाहको नाटक गरी झुक्याइ सप्तरीको भारदह गाविसबाट काठमाडौंहुँदै भैरहवासम्म र त्यहाँबाट सिमाक्षेत्र सुनौली नाका पुर्‍याएको तथ्य पुष्टि हुन आएकोले कैद सजायको फैसला भएको बताइएको छ । आरोपितले ०७० साउनको जनैपूणिर्माका दिन जनकपुरको रामजानकी मन्दिरमा विवाह गरी पीडितलाई काठमाडौं पुर्‍याएका थिए । संविधानसभाको निर्वाचनका लागि घर फर्केका आरोपितले फोनमार्फ भैरहवा आउनु भनी आरोपितका साथीहरुको साथ लगाइ ०७० मङ्सिर १२ गते आफूलाई भैरहवा पुर्‍याएको पीडितले बताइन् । भैरहवा पुगेपछि आरोपितबाट बिक्री भइसकेको भन्दै अपरिचित ४-५ जनाले जबरजस्ती रिक्सामा लैजाँदै गर्दा स्थानीय व्यक्तिको सहयोगमा भागी उम्की ओरेक नेपालको संरक्षणमा बसेको पीडितले अदालतमा बयान दिएकी थिइन् । ओरेक नेपाल काठमाडौं र विराटनगरको निवेदनका आधारमा आरोपितलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले सशस्त्र प्रहरी वेस क्याम्पस बरमझयिाको उत्तर सडकबाट ०७० चैत १२ गते गिरफ्तार गरेको थियो । आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरले ०७० चैत १८ गते मानव बेचविखनको मुद्दा दर्ता गरेको थियो । मनोहरकुमार पोखरेल

0 Comments