Incident Reports

आमा छोरासँगै बस्न अनुमति

2014-11-28

Province 1, Udayapur, Katari

Bharat Khadka उदयपुर । ०७१ मङ्सिर १२ गते कटारी-५ की कल्पना तामाङ र नाबालक छोरा निशान तामाङलाई जिल्ला अदालत उदयपुरले मङ्सिर १२ गते सँगै बस्न अनुमति दिएको छ । कर्तव्य ज्यान मुद्धामा गत वर्षेदेखि कैद भुक्तान गरिरहेकी तामाङले आफ्नो नाबालक छोरासँगै बस्न पाउँ भन्दै कात्तिक १९ गते अदालतमा दिएको निवेदनअनुसार न्यायाधीश प्रकाशचन्द्र अधिकारीको एकल इजलासले आमा छोरासँगै बस्न अनुमति दिएको हो । अदालतको आदेशसँगै अब तीन वर्षीय बालक आमासँगै कारागार भित्रै रहने छन । कल्पनालाई २०७० चैत्र ७ गते आफ्नै श्रीमान प्रेमबहादुर तामाङको हत्या गरेको अभियोग छ । उनलाई अदालतले २०७१ कात्तिक १० गते १० वर्षो कैद सजाय फैसला सुनाएपछि उनी कारागार चलान भएकी हुन् । भरत खड्का

0 Comments