Incident Reports

बेवारिसे महिलालाई जिल्ला अस्पताल भर्ना गरियो

2014-11-28

Province 1, Udayapur, Triyuga

Bharat Khadka उदयपुर । ०७१ मङ्सिर १३ गते उपचार नपाएर सडकमा छटपटाइ रहेकी बेवारिसे महिलालाई उपचारका लागि मङ्सिर १२ गते राती जिल्ला अस्पताल लगिएको छ । त्रियुगा नगरपालिका-१७ स्थित रातमाटे जङ्गलको ओडारमा वेवारिसे अवस्थामा मङ्सिर ८ गते फेला परेकी ती महिलाको उपचारका लागि ओरेक नेपालले चासो देखाएको हो । रक्तश्राव भएर सडकमा ढलेकी ती महिलालाई स्थानीय महिला, इन्सेक, सेर्लर्ड र इलाका प्रहरी कार्यालय जलजलेको सहयोगमा ओरेकले अस्पताल ल्याई उपचार सुरु गरेको हो । जङ्गलको ओडारमा फेला परेकी ती महिलाले अहिलेसम्म पनि नाम, ठेगाना बताउन सकेकी छैनन् । उनलाई स्थानीयको सहयोगमा इप्रकाले जलजलेले मङ्सिर १० गते उद्धार गरेको हो । भरत खड्का

0 Comments

Related Reports
Related Trend Analysis