Incident Reports

बालिका बलात्कारका आरोपितविरुद्ध उजुरी

2014-12-01

Lumbini, Gulmi, Chandrakot

Naresh Bhandari गुल्मी । ०७१ मङसिर १५ गते १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बिसुखर्क गाविसका ३० वर्षीय डोलबहादुर परियारविरुद्ध मङ्सिर १५ गते पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितले बालिकालाई मङ्सिर १३ गते दिउँसो बलात्कार गरेको बालिकाका आफन्तले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडितको उजुरीको आधारमा आरोपितलाई प्रहरीले मङ्सिर १५ गते गिरफ्तार गरी अनुसन्धान गरिएको जल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सत्यनारायण यादवले बताए । पीडित बालिकाको जिल्ला अस्पताल गुल्मीमा मङ्सिर १५ गते स्वास्थ्य परीक्षण भयो । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis