Incident Reports

सामूहिक बलात्कारका आरोपित गिरफ्तार l

2014-11-29

Lumbini, Banke, Janki

Binod Pandey बाँके । ०७१ मङ्सिर १४ गते १८ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा साइगाउँ-९ का दुईजना आरोपितलाई जिल्ला प्रहरी कार्यालयले मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितहरूले पीडित महिलालाई मङसिर १२ गते साँझ गाँउको खाली घरमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर १३ गते प्रहरीमा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुशीलसिंह राठोरले अनुसन्धान प्रभावित हुने भएकोले आरोपितको नाम सार्वजनिक गर्न नमिल्ने बताए । पीडित किशोरी र आरोपितहरूको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मङ्सिर १३ गते स्वास्थ्य परीक्षण गरिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis