Incident Reports

पतिद्वारा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

2014-12-01

Province 1, Jhapa, Kankai

२० बजेको समयमा पतिपत्नीबीच सामान्य घरायसी विवाद भएपछि पतिले खुकुरी निकालेर पीडितको टाउको, घाँटीलगायत शरीरको विभिन्न भागमा प्रहार गर्दा घटनास्थलमा मृत्यु भएको थियो । घरमा रहेका केटाकेटीहरूले होहल्ला गरेपछि छिमेकीहरूले थाहा पाएर घटनास्थलमा आउँदा महिलाको मृत्यु भइसकेको अवस्थामा स्थानीयले लास फेला पारेका थिए । छरछिमेकीहरूले प्रहरीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय सुरुको प्रहरी टोली घटनास्थलमा पुगेर आरोपितलाई गिरफ्तार गरेको थियो । लासको मङ्सिर १६ गते मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टमपछि परिवारले दाहसंस्कार गरेका छ । आरोपितविरुद्ध कर्तव्य ज्यानअर्न्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सञ्जयबहादुर राउतले बताए । आरोपितलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । मृतक आरोपितकी कान्छी पत्नी रहेकीमा उनीतर्फाट जन्मेका दुई सन्तानसहित आरोपित सो घरमा बस्दै आएका थिए । आरोपितले ०६९ चैत २३ गते स्थानीय जंगलमा बुहारीलाई बलात्कार गरेको र उक्त घटनामा फरार अभियुक्तको रुपमा रहेको डिएसपी राउतको भनाइ छ । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis