Incident Reports

कारागारमा बस्ने ठाँउ नभएपछि कैदीबन्दीहरू त्रिपालभित्र

2014-12-02

Rajendra Thagunna डडेल्धुरा । ०७१ मङ्सिर १६ गते जिल्ला कारागार, डडेल्धुरामा क्षमता भन्दा बढी कैदी भएपछि बस्ने कोठाको अभावका कारण दुई हप्तादेखि कारागारको भित्तामा त्रिपाल टासेर आकाशमुनि कैदीहरू रात बिताइरहेका छन् । २५ जना क्षमता भएको कारागारमा ७३ जना कैदी रहेकाले उनीहरूलाई व्यवस्थापन गर्न गाह्रो भएको र कोठामा ठाँउ नभएपछि कारागारभित्रको खुल्ला कम्पाउण्डमा पराल बिछाएर त्रिपालभित्र राखेको कारागारका चौकीदार देवराज कुँवरले बताए । क्षमता भन्दा कैदी भएपछि उनीहरूलाई स्वच्छ खानेपानी, आवास तथा शौचालयको समेत अभाव भइरहेको असई डम्बर थापाले बताए । कारागारभित्र राम्रोसँग उभिनका लागि समेत ठँाउ नभएको एक जना कैदीले बताए । उनले भने १५ जना कैदीहरू त्रिपालभित्र बस्दै आएका छौ । कारागारको क्षमता भन्दा तेब्बर कैदी भएकोले उनीहरूलाई व्यवस्थापन गर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले जनाएको छ । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis