Incident Reports

बलात्कार आरोपित सेवाबाट बर्खास्त

2014-12-02

Nabadeep Shrestha नुवाकोट । ०७१ मङ्सिर १६ गते बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका जिल्ला शिक्षा कार्यालयका सवइन्जिनियर ३१ वर्षीय राजाराम यादवलाई कार्यालयले बर्खास्त गरेको छ । करारमा नियुक्त यादवको हरेक छ/छ महिनामा पदावधि थप्नु पर्नेमा बालिका बलात्कारको आरोपमा पक्राउ परी अदालतमा मुद्दा विचाराधिन भएकोले मङ्सिर १ गतेबाट लागू हुने गरी सेवाबाट मङ्सिर १२ गते हटाउने निर्णय गरेको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकृत सुकदेव नेपालले बताए । जिल्ला प्रशासन कार्यालयले बलात्कार जस्तो जघन्य अपराध गरेको अभियोग लागेकोले करार नथप्न पत्राचार गरेपछि जिल्ला शिक्षाले उक्त निर्णय गरेको हो । गत कात्तिक २ गते बट्टारको एक होटेलमा कामगर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका यादवलाई जिल्ला अदालतले कात्तिक २६ गते २ लाख ५० हजार रुपैया धरौटीमा रिहा गरेको थियो । यादव विरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेको छ । आरोप प्रमाणित भएका यादवलाई १२ वर्षम्म कैद सजाय हुने सक्ने कानूनी व्यवस्था रहेको छ । नवदीप श्रेष्ठ

0 Comments

Related Reports
Related Trend Analysis