Incident Reports

मानव बेचबिखनमा संलग्नलाई २० वर्षकैद सजाय

2014-12-03

Bagmati, Nuwakot, Belkotgadhi

Nabadeep Shrestha दुई युवतीलाई भारतमा लगेर बेचेको आरोपमा गिरफ्तार भएका मदानपुर -१ का २७ वर्षीय अमृतबहादुर नेपालीलाई जिल्ला अदालतले २० वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको इजलासले मङ्सिर १७ गते नेपालीमाथिको आरोप प्रमाणित भएको भन्दै मानव वेचविखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा १५ को उपदफा १ को खण्ड क वमोर्जिम सो अभियोगमा २० वर्षकैद र २ लाख जरिवानाको फैसला गरेको हो । साथै सोही ऐनको दफा १७ बमोजिम पीडित दुई महिलालाई जनही एक/एक लाख रुपियाँ क्षतिपूर्ति प्रतिवादी अमृत नेपालीवाट भराउनसमेत आदेश दिएको अदालतका नायव सुब्बा विकास डिसीले जानकारी दिए । आरोपित नेपालीले दुई वर्षअघि मदानपुर गाविसका १७ र १९ वर्षीया दुई युवतीलाई भारतको कलकत्तामा बेचेका थिए । नवदीप श्रेष्ठ

0 Comments