Incident Reports

बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी

2014-12-03

Province 1, Bhojpur, Shadananda

Kiran Rai केउरेनीपानी गाविस-६ की ४४ वर्षीया जोककुमारी ठकुरीले बहुविवाह गर्ने पति ४६ वर्षीय राजेन्द्र ठकुरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १७ गते उजुरी दिएकी छन् । पतिले दोभाने गाविस- २ की १८ वर्षीया विष्णु विष्टसँग असोज २६ गते विवाह गरेकोले आरोपितलाई कानुनी कारबाहीको माग गर्दै अंशसहित सम्बन्धबिच्छेदका लागि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । उजुरीमा विदेशबाट आफूले कमाएको ६ लाख रुपियाँ पनि श्रीमान्ले कुटपिट गर्दै खोसेर लगेको भन्दै फिर्ता गराइ दिनको लागि माग गरेकी छन् । पीडित वैदेशिक रोजगारीका लागि पाँच वर्षकतारमा बसेर दुई महिनाअघिमात्रै घर आएकी हुन् । पीडितको उजुरीको आधारमा पीडक दुवैलाई बहुविवाह महलअर्न्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका डिएस्पी बासुदेव खतिवडाले बताए । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis