Incident Reports

बहुविवाहका आरोपितलाई एक वर्षकैद फैसला

2014-12-03

Province 1, Panchthar, Yangwarak

Mangal Begha नाँगीन गाविस-१ का २९ वर्षीय शङ्कर आङ्बो बहुविवाह गरेको आरोपमा मङसिर १६ गते एक वर्षो कैद सजायका लागि थुनामा परेका छन् । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजालसले कात्तिक २६ गते उनलाई सो सजायको फैसला गरेको थियो । फैसलाअनुसार आरोपित मङ्सिर १६ गतेदेखि जिल्ला कारागारमा राखिएका छन् । फरार सूचिमा रहेका आरोपितलाई प्रहरीले मङ्सिर १५ गते फिदिम बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक पोख्रेलले बताए । उनीसहित फिदिम नपा- ४ की २० वर्षीया फूलमाया तामाङविरुद्ध उनकी जेठी पत्नी २९ वर्षीया सरस्वता आङ्बोले ०७० मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनले दिएको उजुरीमा आरोपित शङ्कर र फूलमायाले ०७० कात्तिक ३ गते विवाह गरेको उल्लेख थियो । आङ्बोकी कान्छी पत्नी भने अझै फरार छिन् । मङ्गल बेघा

0 Comments

Related Reports
Related Trend Analysis