Incident Reports

बलात्कारको आरोपमा शिक्षकविरुद्ध उजुरी

2014-12-03

Gandaki, Gorkha, Dharche

Narahari Sapkota एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुम्दा गाविस-९ निवासी सूर्योदय माविका शिक्षक २५ वर्षीय उमेश भनिने छमबहादुर गुरुङविरुद्ध पीडितका आफन्तले मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपित शिक्षकले बालिकालाई मङ्सिर १३ गते बलात्कार गरेको उजुरीमा उल्लेख छ । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले मङ्सिर १५ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान शुरु गरेको इन्सपेक्टर दीपक श्रेष्ठले बताए । बालिकाको मङ्सिर १६ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भयो । नरहरि सापकोटा

0 Comments