Incident Reports

गढीमाई मेलामा यौन हिंसाका घटनामा महिला पीडित

2014-12-02

Madhes, Bara, Jitpur Simara

बारा । ०७१ मङ्सिर १६ गते बरियारपुरमा दुई सातादेखि जारी गढीमाई मेलामा बलात्कार र यौनदुर्व्यवहारका घटनाबाट महिलाहरू पीडित भएका छिन् । प्रहरीले मङ्सिर १५ गते राती २० वर्षीया एक एक भारतीय महिलाको सामूहिक बलात्कारपछि रक्ताम्य भएको अवस्थामा उद्दार गरेको छ । 'पीडितको बयान र प्रकृति हेर्दा बलात्कार खुलेको छ,' महिला सेलका प्रहरी अनुसन्धान अधिकृत देवकुमार श्रेष्ठले भने, 'तत्काल उपचार गराई स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान भइरहेको छ ।' प्रहरीले उक्त घटना आरोपमा छ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । उनकाअनुसार मेला सुरु भए यता यौन दुर्व्यवहारको चपेटामा परेका २५ महिलालाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis