Incident Reports

जातीय विभेदसम्बन्धी घटनाका आरोपित गिरफ्तार

2014-12-04

Karnali, Dailekh, Narayan

Yagya Raj Thapa दैलेख । ०७१ मङ्सिर १८ गते भवानी गाविस-२ का ४५ वर्षीय देवबहादुर बोगटीलाई जातीय विभेद गरेको आरोपमा मङ्सिर १८ गते प्रहरीले गिरफ्तार गरेको छ । भवानी गाविस-३ का २७ वर्षीय पूर्णबहादुर विश्वकर्माले आफूलाई जातीय विभेद गरेको भनी मङ्सिर १७ गते दिएको उजुरीको आधारमा बोगटीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखा दैलेखका असई सुशोभन श्रेष्ठले जानकारी दिए । भवानी गाविस-२ खत्रीडाँडामा रहेको चिया पसलमा खानेपानी माग्दा त्यहीँ बसिरहेका देववहादुरले डुम भएर पनि पानी माग्ने भनी हातपात गरेको भनी पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेका छन् । आरोपितलाई बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालयका असई सुशोभन श्रेष्ठले बताए । यज्ञराज थापा

0 Comments

Related Reports
Related Trend Analysis