Incident Reports

कुटपिट गर्ने पतिविरुद्ध अदालतमा मुद्दा दायर

2014-12-03

Karnali, Dolpa, Mudkechula

Bishnu Prasad Devkota डोल्पा । ०७१ मङ्सिर १८ गते र्सर्मि गाविस स्थायी घर्रभई हाल सदरमुकाम दुनै गाविस-१ दुनैबजार बस्ने ३५ वर्षीया मनकुमारी रोकायाले आफूलाई अनाहकमा कुटपिट गरेको आरोपमा ४५ वर्षीय पति मालबहादुर रोकायाविरुद्ध ०७१ मङ्सिर १७ गते जिल्ला अदालत डोल्पामा मुद्दा दर्ता गराएकी छन् । एनेकपा माओवादी जिल्ला इन्चार्जसमेत रहेका पति मालबहादुर रोकायाले आफूलाई लामो समयदेखि अनेक आरोप लगाई कुटपिट गरेको मङ्सिर १६ गते मरणासन्न हुने गरी कुटपिट गरेका कारणसँगै बस्न सक्ने अवस्था नरहेका कारण सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको पीडितले बताइन् । पीडितको उजुरी दर्ता भएकाले अदालतमा आरोपित मालबहादुर रोकायालाई उपस्थित हुन सात दिनको बाटो म्याद दिएर पत्र पठाएको अदालतका सुब्बा शङ्कर विष्टले बताए । विष्णुप्रसाद देबकोटा

0 Comments

Related Reports
Related Trend Analysis