Incident Reports

बहुविवाह गर्नेलाई एक वर्षकैद र जरिवाना

2014-12-04

Province 1, Ilam, Maijogmai

Kokila Dhakal इलाम । ०७१ मङ्सिर १८ गते नयाँबजार गाविस-४ लप्सीबोटेका २७ वर्षीय मनकुमार भण्डारी र प्यूठान जिल्ला बादीकोट गाविस-७ की २३ वर्षीया शान्ताकुमारी खत्रीलाई बहुविवाह गरेको आरोपमा जिल्ला अदालतले जनही एक वर्षकैद र पाँच हजार रुपियाँ जरिवाना गर्ने फैसला सुनाएको छ । आरोपितहरू गत असोज ७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मङ्सिर १८ गते कैद र जरिवानाको फैसला सुनाएको हो । मनकुमारकी जेठी पत्नी २६ वर्षीया मनमायाले मनकुमार र शान्ताकुमारीविरुद्ध जाहेरी दिएकी थिइन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा चिनजान भई फोनबाटै भएको विवाह गर्ने सल्लाहअनुसार विदेशबाट फर्किएपछि भण्डारी र शान्ताकुमारीले भदौ १९ गते विवाह गरेका थिए । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis