Incident Reports

सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना थुनामा

2014-12-04

Madhes, Mahottari, Gaushala

Ajay Kumar Sah महोत्तरी । ०७१ मङ्सिर १९ गते ३२ वर्षीया एक महिलाको सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा हिरासतमा रहेका गौशाला नगरपालिका- ११ का १९ वर्षीय लक्ष्मणकुमार मुखिया र श्रीपुर गाविस- ३ का ४२ वर्षीय श्यामकुमार रायलाई जिल्ला अदालतको मङ्सिर १८ गते पुर्पक्षका थनामा राख्ने आदेश गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार जेल चलान भएका आरोपितहरूले श्रीपुर गासिव-६ की ३२ वर्षीया मन्जुदेवी यादवलाई ०७१ साउन ७ गते सामूहिक बलात्कारपछि आँपको रुखमा झुन्ड्याएर हत्या गरेको आरोप थियो । घटनापछि फरार रहेका आरोपितहरू मध्ये मुखिया र रायलाई कात्तिक २० गते उनीहरूकै घरबाट प्रहरीले गिरफ्तार गरेको थियो । भारतमा लुकीछिपी बस्दै आएका आरोपितहरू कात्तिक २० गते घर आएको सुइँको पाएपछि इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले गरेको थियो । सो घटनामा संलग्न रहेका चारजना अझै फरार रहेको र उनीहरूको खोजतलास भइरहेको एसपी राणाले बताए । गत साउन ७ गते राति ९ः१५ को समयमा पीडितलाई सामूहिक बलात्कारपछि आँपको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो । मन्जुको पति करिब अर्ढाई वर्षेदेखि वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका छन् । अजयकुमार साह

0 Comments

Related Reports
Related Trend Analysis