११९/४३ का स्थानीय ध्रुवराज लामिछानेले तत्काल कोठा छोड्न दबाब दिएका हुन्।
पीडित खिममायाले भनिन्,–'म सुरुमा कोठा सर्दा शिवा भनेको सिवाकोटी भन्ने बुझेेर कोठा सर्न दिइयो तर पछि शिवा भनेको परियार भन्ने जानकारी भएपछि तत्कालै कोठा सर्न दबाब दिइयो र कोठा सर्न बाध्य पारियो।' आफूसँग घरबेटीले शिवा भनेको के थर हो? साधेपछि त्यसको उत्तरमा शिवा भनेको परियार (दलित) हो भन्नेबित्तिकै तत्काल कोठा खोजेर सर्न दबाब दिएको खिममायाको भनाइ छ।
पीडित खिममायाले आज जातीय भेद्भाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अनुसार आफूमाथि जातिय विभेद भएको भन्दै महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएकी छन्।प्रहरीको छानबिनपछि पीडक लामिछानेले 'जातीय विभेद भएकामा माफी माग्छु। आगामी दिनमा जातीय भेदभाव तथा छुवाछूत नगर्ने र गरेमा कानुन अनुसार सजाय भोग्न तयार छु' भनी माफी मागेर सहमति गरिएको छ।
बत्तीसपुतलीमा चिया पसल गरेर बस्ने खिममायाले यही मङ्सिर १० गते लामिछानेको घरमा मासिक रु छ हजारमा दुईवटा कोठा भाडामा लिएर बसेकी हुन्।
खिममायाले भनिन्,'जात थाहा नपाउनजेल अरुलाई सात हजार भन्ने कोठा मलाई रु छ हजारमा दिनुभयो, तर जात थाहा पाएपछि दश दिन बसेको भाडा दिन पर्दैन बरु कोठा सर्नका लागि गाडी भाडास्वरूप रु तीन हजार दिन्छु भन्नुभयो घरबेटीले।' जातीय भोदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ आइसकेपछि जातकै कारण कोठाबाट निकालिएकी खिममाया शिवा उदाहरण मात्र हुन्।
दलित अधिकारकर्मी गणेश विकले पहिलो त कोठा खोज्न जाँदा नै कुन जातिको भनेर सोध्ने गरिन्छ, दोस्रो यदि जात डाँटेर बसियो भने पनि पछि थाहा पाएपछि कोठाबाट निकाल्ने घट्नाहरू बढ्दै गएको बताए। जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी उजुरी प्रहरीले लिन नमान्ने यही उजुरी लिए पनि सो उजुरीलाई कानुनी प्रक्रियामा अगाडि बढाउनुको सट्टा मिलापत्रमै सीमित गरिँदै आएको उनको भनाइ छ।