Incident Reports

बालिका बलात्कारका आरोपितलाई कैद तथा जरिवानाको फैसला

2014-12-08

Madhes, Siraha, Laxmipur Patari

Durga Pariyar बालिका बलात्कारको आरोपमा थुनामा रहेका मझौरा गाविस -८ का ५० वर्षीय शिवनन्दन कामतलाई जिल्ला अदालतले मङ्सिर २१ गते आठ वर्षकैद र १५ हजार रुपियाँ जरिवाना गर्ने आदेश गरेको छ १० वर्षीया एक बालिकालाई आरोपितले ०७० पुस २० गते दिउँसो बाख्रा चराउन गएको बेला बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस २१ गते जाहेरी गरेको थिए । पुस २१ गते पीडितको स्वास्थ्य जाँच जिल्ला अस्पतालमा भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर राजकुमार शाहीकाअनुसार घटनाको जानकारी पुस २० गते नै भएकोले आरोपितलाई २० गते नै गिरफतार गरेको बताए । आरोपित कामतलाई जिल्ला अदालतले ०७० माघ २० गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । दुर्गा परियार

0 Comments