Incident Reports

बलात्कार घटनाका आरोपित पुर्पक्षका लागि थुनामा

2014-12-08

Madhes, Saptari, Dakneshwori

Nava Deep Shrestha १४ वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा धरौटीमा रिहा भएका सप्तरी जिल्ला पत्थरगाढा गाविस-५ घर भइ जिल्ला शिक्षा कार्यालयका कर्मचारी ३१ वर्षीय राजाराम यादवलाई जिल्ला अदालतका न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले मङ्सिर २१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । यादवले गत कात्तिक २ गते विदुर नपा-३ बट्टारस्थित आदर्श होटेलमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी परेकै दिन बालिकाको जिल्ला अस्पताल त्रिशुलीमा स्वास्थ्य परीक्षण भएको थियो । आरोपित यादवलाई उजुरी परेकै दिन गिरफ्तार गरी उनी विरुद्ध जबरजस्तीकरणी मुद्दाअर्न्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । जिल्ला अदालतका श्रेस्तेदार राकेशमणि उपाध्ययबाट कात्तिक २७ गते आरोपितलाई २ लाख ५० हजार रूपियाँ धरौटीमा रिहा गर्न दिएको आदेशमाथि जिल्ला न्यायधीशबाट पुनर्विचार हुँदा पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएको हो । नवदीप श्रेष्ठ

0 Comments