Incident Reports

जातीय छुवाछूतका आरोपितहरुलाई सफाइ

2014-12-08

Madhes, Siraha, Golbazar

Durga Pariyar चन्द्रोउदयपुर गाविस- ७ का दलितहरूमाथि इनार छोएको आरोपमा धरौटीमा रिहा भएका चन्द्रोउदयपुर गाविस-६ का २४ वर्षीय शारदा लामा, २५ वर्षीय अशोक थापा, २४ वर्षीय शिवा लामा र २७ वर्षीय भुषण लामालाई जिल्ला अदालतले मङ्सिर २१ गते सफाइ दिने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलाशले सो फैसला गरेको सहायक सरकारी वकिल हेमचन्द्र रेग्मीले बताए । पीडितहरूले विवाद मात्र भएको बयान दिएपछि आरोपितहरूले सफाइ पाएको सहायक सरकारी वकिल रेग्मीले बताए । चन्द्रोउदयपुर गाविस- ७ का दलितहरूलाई इनारमा पानी भर्ने भन्दै ०७० फागुन १२ गते सोही गाविस-६ का गैरदलितले घरघरमा पसी कुटपिट गरेको आरोपमा पीडितहरूले इलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन १६ गते जाहेरी दिएका थिए । सो ४० वर्षीया सुमारीदेवी सदाय ,३५ वर्षीया पञ्चीदेवी सदाय ,३४ वर्षीया सोनावती सदाय, ,२८ वर्षीया जहरी सदा ,१५ वर्षीय सञ्जीत सदा, २८ वर्षीया श्याम देवी सदा घाइते भएका थिए । आरोपितहरूले घरेलु हतियार लाठी तथा ढुङ्गाले आक्रमण गरेका थिए । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर हरि खतिवडाका अनुसार घटनाको आरोपितहरु चन्द्रउदयपुर गाविस-६ का २४ वर्षीय शारदा लामा, २५ वर्षीय अशोक थापा,२४ वर्षीय शिवा लामा र २७ वर्षीय भुषण लामालाई ०७० फागुन २६ गते गिरफ्तार गरेको बताए । जिल्ला अदालतले आरोपितहरुलाई ०७० चैत ६ गते जनही सात हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis