Incident Reports

बहुविवाह गर्ने पतिविरुद्ध उजुरी

2014-12-08

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling दिक्तेल नगरपालिका-३, की ३८ वर्षीया राधिका आचार्यले बहुविवाह गर्ने पति ४२ वर्षीय युवराज आचार्यलार्इ कार्बाहीको माग गर्दै मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छिन् । आरोपितसँग सामाजिक परम्परा अनुसार ०५८ सालमा विवाह गरेपश्चात जन्मिएको दुई छोरी र एक छोरालाई समेत वेवास्ता गर्दै पतिले भोजपुर दिङ्ला गाविस-७ की २५ वर्षीया सुनिता बस्नेतलाई दोश्रो विवाह गरेपछि उजुरी दिनुपरेको पीडितले बताईन् । आफूलाई ०६१ सालदेखि नै पति सहित सासु ५८ वर्षीया पुन्यप्रभा आचार्य, ससुरा ६० वर्षीया बलराम आचार्य र देवर ३२ वर्षीय दिपेन्द्र आचार्यले खानलाउन नदिई घरेलुहिंसा गर्दै आएको र पटक पटक प्रहरी कार्यालयमा छलफल भई मिलापत्र गरिए पनि हालसम्म घरेल हिंसा गरिरहेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । आरोपित भनिएका दुवै जना फरार रहेको प्रहरीले जनायो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis