Incident Reports

विविध कार्यक्रमको आयोजना गरी विश्व मानवअधिकार दिवस मनाइयो

2014-12-10

Bagmati, Kathmandu, Kathmandu

गौरीशंकर लालदासले कोही पनि मानिस एकदिन जेष्ठ नागरिक बन्ने भन्दै नयाँ संविधानमा जेष्ठ नागरिकका अधिकारहरूलाई सुनिश्चित गर्न सकिए सवै उमेर समुहका नागरिकमाथि सम्मान पुग्ने विचार राखे । दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गजाधर सुनारले नयाँ संविधानमा सवै वर्ग, जात, लिङ्ग, क्षेत्र र समुदायको अधिकारलाई समेट्नुपर्ने बताए । प्रभातफेरी तथा कोणसभामा उपस्थित सहभागिहरूले बेपत्ता पारिएका नागरिकहरूको स्थिति सार्वजानिक गर, अपाङ्मैत्री वातावरण सृजना गर्, सबैखाले यातनालाई अपराध घोषणा गर्, अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर, आर्थिक, सामाजिक, साँस्कृति, राजनीतिक अधिकारको सुनिश्चित गर, महिलामाथि हुने सबैखाले हिंसा र भेदभावको अन्त्य गर, बालअधिकारको सम्मान गर, जातीय, लङ्गीक, धार्मिक, क्षेत्रीय र उमेरका आधारमा गरिने भेदभावको अन्त्य गर लेखिएको नारासहितको व्यानर बोकेका थिए । कैलाली, राष्ट्रिय मानवअधिकार आयोगको संयोजन तथा मुल समारोह समितिको आयोजनामा मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका र्सर्न्दभमा अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । सधैँका लागि घर, घरमा मानवअधिकार, शान्ति र विकासको आधार तथा ३ सय ६५ दिन मानवअधिकार भन्ने मुल नाराका साथमा ६६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको र्सर्न्दभमा धनगढी चौराहदेखि जिल्ला विकास समितिको सभाकक्षसम्म र्‍याली निकालिएको थियो । मानवअधिकार क्षेत्रमा कार्यरत सङ्घसंस्था, नागरिक समाजका प्रतिनिधि र राज्यका निकायबीचमा समन्वय र सहकार्य मार्फत मानवअधिकार संरक्षण तथा सर्म्वर्द्धन हुने प्रमुख अतिथि सुशील प्याकुरेलले बताए । अन्तरक्रिया कार्यक्रमका सहभागीहरूलाई स्वागत मन्तव्य इन्सेक क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय संयोजक खडकराज जोशीले गरेका थिए । पोखरा, ६६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने राष्ट्रिय नाराका साथ पश्चिमाञ्चल मानवअधिकार महाभेला मङसिर २४ गते विभिन्न कार्यक्रमका साथ सम्पन्न भयो । पश्चिमाञ्चल क्षेत्रमा पहिलोपटक मानवअधिकार महाभेला आयोजना गरिएको हो । इन्सेक कास्की प्रतिनिधि सनबहादुर थापाका अनुसार राष्ट्रिय मानव अधिकार आयोग, पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय र क्षेत्रीय मानवअधिकार महाभेला पोखराद्वारा संयुक्त रुपमा प्रभातफेरी कार्यक्रम आयोजना गरियो । कार्यक्रममा नेपाल सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले इन्सेकका सदस्य तथा बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराललाई दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरे । इन्सेक सदस्य तथा मानवअधिकारकर्मी बराललाई सामाजिक न्याय र मानवअधिकार संस्कृतिको स्थापित गर्न क्रियाशील रही मानवअधिकारको संरक्षण र सर्म्वर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै मानवअधिकार दिवसको सर्न्दर्भमा शान्तिका लागि नागरिक समाजको सञ्जालले सम्मान गरेको हो । सो अवसरमा बोल्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकार मानवअधिकारको संरक्षणप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै मुलुकलाई दण्डहीनताबाट मुक्त गराउन सबै सरोकारवाला निकायले पहल गर्नु पर्ने बताए । अधिकार लिन खोज्नेले दिन पनि जान्नु पर्छ, कर्तव्यको ख्याल गर्नुपर्छ, तवमात्र मानवअधिकारको सम्मान हुन्छ, मन्त्री पण्डितले भने- नेपालको परिवर्तन, सुशासन र विकासको निम्ति कसैले अवरोध गर्नु हुँदैन । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले मानवअधिकारको सवाल साझा भएकाले सामूहिक पलहबाट मानवअधिकार संरक्षण हुने बताए । मानवअधिकार महाभेलाका केन्द्रीय सदस्य प्रदीप पोखरेलले महाभेलाले मानवअधिकारको अवस्थालाई सुदृढ बनाउन टेवा पुग्ने र आगामी दिनमा मानवअधिकारको संरक्षण र सर्म्बर्द्धन गर्न उर्जा थपेको बताए । यसैगरी रुपन्देही प्रतिनिधि अमृत गिरीका अनुसार मानवअधिकारको क्षेत्रमा क्रियाशील १९ ओटा सङ्घ संस्थाको संयुक्त समितिले ६६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा १४ बुँदे घोषणा तथा प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग उपाक्षेत्रीय कार्यालय बुटवल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) माहुरीहोम लगायतका विभिन्न सङ्घ संस्थाले संयुक्त रुपमा प्रभातफेरि कार्यक्रम गरी उक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्रमा निर्धारित मितिमै मानवअधिकार मैत्री संविधान जारी हुनुपर्ने, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन गरी पीडितलाई न्याय र पीडकलाई जवाफदेही बनाउनुपर्ने, शुन्य सहनशिलता कायम गर्ने दण्डहीनताको अन्त्य, विधिको शासन कायम गर्न पनि माग गरेका छन् । त्यस्तै दलित जनजाति अल्पसङख्यक तथा सिमान्तकृत समुदायको समानता अभिवृद्धिको सवालका साथै खाद्यान्नलगायत सम्पूर्ण हक अधिकारका लागि विशेष जोड दिनुपर्ने लगायतका १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको थियो । यसैगरी लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लास्थित मानवअधिकारकर्मी तथा नागरिक समाजको संयुक्त आयोजनामा प्रभात फेरी कार्यक्रम सम्पन्न भयो । सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलकाअनुसार महिला तथा बालबालिका कार्यालयले विभिन्न मानवअधिकार सङ्घ-संस्थाको सहयोगमा ०७१ मङ्सिर २४ गते राजविराजमा विविध कार्यक्रमसहित ६६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मइनाएको छ । महिला तथा बालबालिका कार्यालयका प्रमुख गीता महतको अध्यक्षता र इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलको प्रमुख आतिथ्यतामा मानव अधिकार दिवस सम्पन्न भएको हो । 'सबैको लागि घर घरमा मानवअधिकार, शान्ति र विकासको आधार' भन्ने नाराका साथ र्‍याली, हस्ताक्षर अभियान, पुरस्कार वितरण तथा प्रवचन कार्यक्रम गरेर मानव अधिकार दिवस मनाइएको छ । बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार ६६औँ अर्न्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा गुलरियामा आयोजित कार्यक्रममा सरोकारवालाहरूले नेपालले नागरिकको मानवअधिकार उपभोग गर्न सुनिश्चितताको लागि रोम विधान अनुमोदन गर्न पर्नेमा जोड दिए । इन्सेक बर्दिया, नेपाल बारएशोसियसन, द्वन्द्व पीडित समिति, नागरिक समाज सञ्जाल, दलित महिला उत्थान सङ् घ, बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्र संस्थाहरूको आयोजनामा भएको कार्यक्रममा रोमविधान अनुमोदन भएको अवस्थामा द्वन्द्व पीडितको न्याय र सबै नागरिकलाई मानवअधिकार उपभोग गर्न गराउन सरकारलाई बाध्यकारी अवस्था सृजना गरी दवाव दिन सहयोग पुर्‍याउने बताए । अछाम प्रतिनिधि शिवराज ढुंगानाकाअनुसार ६६ औं अर्न्तराष्ट्रिय मानवअधिकार दिवस अछाम जिल्लामा भव्यताका साथ मनाइएको छ । इन्सेक र अन्य मानवअधिकार संस्थाको संयुक्त आयोजानामा मंगलसेनमा यो दिवस मनाइएको हो । दिवसको अवसरमा आयोजित विचार गोष्ठीका वक्ताहरूले अछाम जिल्लामा मानवअधिकारको अवस्था नाजुक रहेको बताए । तेह्रथुम प्रतिनिधि छत्र रिमालकाअनुसार अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृत र जवानलाई मानवअधिकारसम्बन्धी एक दिने तालिम प्रदान गरे । तालिममा आधारभुत मानवअधिकार, छ ठूला महासन्धिलगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिममा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृत र जवान गरी ४० जनाको सहभागिता रहेको थियो । महोत्तरी प्रतिनिधि अजयकुमार साहकाअनुसार मानवअधिकार दिवस डिसेम्वर १० को अवसरमा मानवअधिकार रक्षक सम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रणको माग गर्दै महोत्तरीका मानवअधिकारकर्मी तथा पत्रकारहरूले मानव अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबारलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझेपछि प्रजिअ दीपक काफ्लेले आजै फ्याक्स गरेर पत्रलाई पठाउने र ज्ञापनपत्रको एक प्रति प्रतिलिपि हुलाकमार्फत पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । रामेछाप प्रतिनधि नवराज पथिककाअनुसार अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसमार रामेछापको सदरमुकाम मन्थलीमा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूको आयोजनामा र्‍याली निकालिएको छ । घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने मूल नारा लेखिएको व्यानर बोकेको र्‍यालीले मन्थली बजार परिक्रमा गरेको थियो । मन्थलीको देवकोटा चोकबाट सुरु भएको र्‍याली मन्थली बजार परिक्रमा पछि पुनः देवकोटा चोकमा नै आएर समापन भएको थियो । खोटाङ प्रतिनिधि डीएम चाम्लिङकाअनुसार ६६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा खोटाङमा प्रभातफेरीको आयोजना गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला प्रशासन कार्यालय खोटाङद्वारा संयुक्त रुपमा निकालिएको र्‍यालीमा जिल्लास्थित सबै मानवअधिकार सम्वद्ध सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । डडेल्धुरा प्रतिनिधि राजेन्द्र ठगुन्नाकाअनुसार ६६ औँ अर्न्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा उप-क्षेत्रीय अस्पतालका बिरामी र जिल्ला कारागारका कैदी बन्दीहरूलाई फलफूल वितरण गरिएको छ । इन्सेक डडेल्धुराको पहलमा महिला तथा बालबालिका कार्यालय, हरमस डडेल्धुरा र राष्ट्रिय दलित कल्याण समाज सङ्घको संयुक्त आयोजनामा बसपार्कबाट निकालिएको र्‍यालीपछि अस्पतालमा अस्पतालका बिरामी र कैदीहरूलार्इ्र फलफूल वितरण गरिएको थियो । कपिलवस्तु प्रतिनिधि नन्दराम पौडेलकाअनुसार ६६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस कपिलवस्तुका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । इन्सेक माहुरीहोम लगायतका दुई जर्नन संस्थाका प्रतिनिधि सहभागी रहेको र्‍यालीले बजार परिक्रमा गरेको थियो । कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार ६६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका इन्सेक कञ्चनपुर, स्थानीय शान्ति समिति, एनएनएसडब्लुओलगायतका सङ् घसंस्थाहरूले भीमदत्तनगरपालिका-४ मदन चोकमा दीप प्रज्वलन गरी मानवअधिकार दिवस मनाएका छन् । बारा प्रतिनिधि लक्ष्मी साह सोनारका अनुसार मानवअधिकार दिवसको अवसरमा मानबारा प्रतिनिधिले मंसिर २४ गते प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र पठाएका छन् । विशेष समाधीक्षक माइकल फोर्स्टलाई नेपाल भ्रमणका लागि आमन्त्रण पत्र पठाइएको हो । नेपाल भ्रमणका लागि पटक पटक आग्रह गर्दा पनि लामो समयसम्म सरकारले नेपाल भ्रमणको निम्तो नदिएकोले दबाब र ध्यानाकर्षा स्वरुप उक्त पत्र पठाइएको हो । सुनसरी प्रतिनिधि शेखर ढकालकाअनुसार अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान समापनका अवसरमा मङ्सिर २४ गते सुनसरीमा विभिन्न कार्यक्रम गरिएको छ । महिला तथा बालबालिका कार्यालय र मानवअधिकार सञ्जाल सुनसरीको संयुक्त आयोजनामा सुनसरीको इटहरीमा शान्ति र्‍याली, अर्न्तक्रिया, सडक नाटक र दीप प्रज्वलन गरिएको हो । इटहरी उपमहानगरपालिका अगाडिबाट निस्किएको शान्तिर्‍यालीमा सुनसरीमा कार्यरत अधिकारकर्मी, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाजका पदाधिकारी, सञ्चारकर्मी, विद्यार्थीलगायत आठ सय बढीको सहभागीता थियो । धनकुटा प्रतिनिधि सन्तोष रुचालका अनुसार विश्व मानवअधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गर्न गर्न सरकारसँग माग गरेका छन् । मानव अधिकार संजालको आयोजनामा सम्पन्न मानव अधिकारको समसामयिक सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घनका गम्भीर प्रकृतिका घटनाहरूलाई सम्बोधन नगरेसम्म मानवअधिकारको प्रत्याभुति गर्न नसकिने बताएका हुन् । मानवअधिकार दिवसकै अवसरमा इन्सेकलगायत मानव अधिकार सञ्जालमा आबद्ध १४ ओटा सङ्घसस्थाहरुले संयुक्त हस्ताक्षर गरी संयुक्त राष्ट्रसंघका विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । अनलाइन डेस्क

0 Comments

Related Reports
Related Trend Analysis