Incident Reports

पत्नी हत्याका आरोपित गिरफ्तार

2014-12-11

Bagmati, Sindhupalchok, Bhotekoshi

Nati Babu Dhital सिन्धुपाल्चोक । ०७१ मङ्सिर २६ गते ३९ वर्षीया आइतमायाँ थामीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पति मार्मिङ गाविस -८ का ५२ वर्षीय मङ्गल थामीलाई प्रहरीले मङ्सिर २५ गते स्थानीय जङ्गलबाट गिरफ्तार गरेको छ । घरायसी विवाद भएपछि उनका पतिले मङ्सिर २४ गते घरमा बसेको बेला दाहिने खुट्टा र निधारमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते आइतमायाँले उपचार नपाएपछि भोलिपल्ट बिहान उनको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । पीडितको मङ्सिर २५ गते बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रका पोष्टमार्टम भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार थापाले बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis