Incident Reports

उद्धार गरिएका १० जना बालक अभिभावकको जिम्मा लगाइयो

2014-12-14

Karnali, Salyan, Kalimati

Mina Budhathoki इँट्टाभट्टामा काममा लगाइ दिने भनी काठमाडौ लैजान लागिएका १० जना बालकलाई मङ्सिर २७ गते उद्धार गरी प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । ललितपुर स्थित आरएस इट्टा भट्टामा काम लगाई दिने आश्वासन दिएर काठमाडौँ लैजान लागेका लक्ष्मीपुर गाविसका १० जना बालकहरुलाई मङ्सिर २७ गते खलङगा बजारबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सल्यान, मुद्दा फाँटका प्रेम खत्रीले बताए । बालकहरुलाई काममा लगाइदिने भनी काठमाडौँ लैजान लागेको अवस्थामा लक्ष्मीपुर-३ का ३५ वर्षीय साजन बुढालाई गिरफ्तार गरी अब आइन्दा यस्तो कार्य नगर्ने कागज गराएर छोडिदिएको प्रहरीले जनाएको छ । मीना बुढाथोकी

0 Comments