Incident Reports

काम गर्न नमानेको आरोपमा मालिकले कुटपिट गर्दा श्रमिकको मृत्यु

2014-12-14

Madhes, Saptari, Shambhunath

Manohar Kumar Pokhrel शम्भुनाथ नपा-८ का ४० वर्षीय जोगिन्द्र सदालाई काम गर्न नमानेको रिसमा शम्भुनाथ-८ स्थित फाइभ स्टार इट्टा कारखानाका सञ्चालक कल्याणपुर-५ निवासी ३५ वर्षीय रामसुन्दर चौधरीले मङ्सिर २८ गते कुटेर हत्या गरेका छन्। आरोपितले मङ्सिर २८ गते बिहान पीडितको घर पुगी कारखानामा काम गर्न जानु पर्छ भन्दा नमानेको रिसमा उनले दाउराको चिर्पटले टाउकोमा हिर्काइ हत्या गरेको मृतककी पत्नी जुरमैन सदाले बताइन् । दाउराको चिर्पट प्रहारबाट घाइते सदालाई उपचारको लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा मङ्सिर २८ गते मृत्यु भएको डिएसपी केदार ढकालले बताए । शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । फरार रहेका आरोपितको खोजतलास गर्नुको साथै उनका भाई अशोककान्त चौधरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर छेदीलाल कामतीले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Trend Analysis