Incident Reports

बलात्कार प्रयासका आरोपितलाई अढाइ वर्षकैद

2014-12-15

Madhes, Saptari, Shambhunath

Manohar Kumar Pokharel १९ वर्षीया एक किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा नकटी रायपुर गाविस-८ का २१ वर्षीय दीपककुमार साहलाई अदालतले ०७१ मङ्सिर २९ गते अढाइ वर्षकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश पुष्पराज थपलियाको इजलाशले आरोपितलाई कैद सजायको फैसला गरेको जिल्ला अदालतले जानकारी दिएको छ । फैसलामा घटनाको अनुसन्धान, तहकिकातका क्रममा प्रहरीले गम्भीर त्रुटि गरेकोले आइन्दा त्रुटि नगर्न मातहतका प्रहरीलाई निर्देशन दिनसमेत सचेत गराएको छ । भैँसी चराएर शम्भुनाथ गाविस-२ खैरवोनाबाट घर फर्किरहेकी पीडितलाई आरोपितले ०७१ साउन १६ गते साँझ बलात्कार प्रयास गरेको भन्दै पीडितले आरोप लगाएकी थिइन् । आरोपितविरुद्ध ०७१ साउन २१ गते दिएको उजुरी दर्ता गर्न अस्विकार गर्दै आएको जिल्ला प्रहरी कार्यालयले साउन ३० गते आरोपितलाई गिरफ्तार गरी मुद्दा दर्ता गरेको थियो । पीडितको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ०७१ साउन २२ गते स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला न्यायाधीश पुष्पराज थपलियाको आदेशले आरोपित पुर्पक्षका लागि ०७१ भदौ १५ गतेदेखि राजविराज कारागारमा थुनामा छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis