Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा जाहेरी

2014-12-16

Madhes, Dhanusha, Nagarain

Binod Kumar Rabidas ३० वर्षीया एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा देवडिहा गाविस-४ का ३५ वर्षीय ब्रहमदेव मण्डल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २९ गते किटानी जाहेरी दर्ता भएको छ । आरोपित मण्डलसँगको सोधपुछपछि घटना भएको यकिन गरी जाहेरी दर्ता गरेको मुद्दा फाँटका इन्स्पेक्टर भगिरथ रेग्मीले बताए । प्रहरीले मण्डललाई मङ्सिर २९ गते अदालतबाट म्याद थप गरी थुनामा राखेको छ । जाहेरी परेकै दिन पीडित महिलाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भयो । आरोपितले मङ्सिर २८ गते विहान जबरजस्ती गर्न खोजेकोले पीडितले चप्पलले हिर्काएको र पछि आरोपितको पसलमा पुनः गइ चप्पलले कुटपिट गरी प्रहरीलाई जानकारी गराइएको पीडित पक्षले जनायो । आरोपित पक्षले घटनामा कुनै सत्यता नरहेको र निराधार घटना भएको आरोप लगाएका छन् । गाउँमा विद्यालय व्यवस्थापन समितिको चुनावको लागि भोट मागेकोले आफ्नो पक्षलाई जिताउनको लागि इज्जतसँग खेलेर गल्ती आरोप लगाएको एमाले गाउँ कमिटीको अध्यक्ष रामकरण ठाकुरले बताए । ब्रहमदेव आफ्नो पसलमा योगा गरिरहेको थियो । दिशा गरी घर फर्किएकी महिलाले एक्कासि ब्रहमदेवको पसलमा गई चप्पल प्रहार गरेको स्थानीय बिन्दे पासमानले जानकारी दिए । पीडित महिलासँगै दिशा गर्न निस्केको स्थानीय निर्मलादेवी मण्डलको अनुसार ती महिलालाई कसैले केही भनेको छैन, अनाहकमा ब्रहमदेवलाई फसाइएको हो । आरोपित ब्रहमदेव एमालेको नवनिर्वाचित युवा सङ्घको क्षेत्रीय सदस्य हुन् । विनोद कुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis