Incident Reports

बालिका बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा

2014-12-18

Province 1, Udayapur, Chaudandigadhi

Bharat Khadka १० वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका बेल्टारबसाहा नगरपालिका-९ का ३३ वर्षीय प्रकाश राईलाई जिल्ला अदालतले पुस २ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आरोपितले असोज २६ गते बालिकालाई चकलेट दिएर खेतबारीमा पुर्‍याई बलात्कार गरेको भन्दै पीडितपक्षले कात्तिक २ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो । आरोपितविरुद्ध प्रहरीले जबरजस्तीकरणी मुद्दाअर्न्तगत अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उनी गिरफ्तार नपरेपछि प्रहरीले कात्तिक ३० गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई इप्रका बेल्टारले सिद्धिपुर गाविस-४ सुगाचरीस्थित मणिसुन्दर राईको घरबाट मङ्सिर २९ गते साँझ ७ बजे गिरफ्तार गरेको ज्रि्रका एसपी टेकबहादुर गुरुङले बताए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बोक्सेमा कात्तिक ३ गते भएको थियो । भरत खड्का

0 Comments