Incident Reports

न्याय नपाए सरकारले दिएको राहत रकम फिर्ता गर्ने पीडितको चेतावनी

2014-12-18

Madhes, Dhanusha, Ganeshman Charnath

Binod Kumar Rabidas गोदार घटनाका पीडित परिवारले न्याय नपाए सरकारले दिएको राहत रकम फिर्ता गर्ने चेतावनी दिएका छन् । पीडित परिवारका तर्फबाट बोल्दै मृतक सञ्जिवकुमार कर्णका भाइ राजिव कर्णले आरोपितहरुलाई कानुनी दायरामा नल्याए सरकारले दिएको चार लाख ४० हजार रकमको व्याजसहित फिर्ता गर्ने बताए । जनकपुरबाट बेपत्ता बनाई गैर न्यायिक हत्या गरिएका जनकपुरका पाँच जना युवाको कङ्काल हस्तान्तरणपछि पीडित परिवारको अवस्थाको सम्बन्धमा जवाफदेही निगरानी समितिले गरेको हो । सो कार्यक्रममा जवाफदेही निगरानी समितिका अध्यक्ष र राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य समेत रहेका सुशील प्याकुरेलले पीडित परिवार, नागरिक समाज, मानवअधिकारकर्मी तथा पत्रकारहरुको सल्लाह सुझाव सहितको ठोस प्रतिवेदन सरकारलाई बुझाउन लागेको बताए । अध्यक्ष प्याकुरेलले पीडितको न्यायको लागि पटक पटक नेपाल सरकार तथा राष्ट्रिय मानव अधिकार आयोगलाई झकझक्याएको बताए । घटनाका आरोपितहरुलाई कारबाही प्रक्रिया अगाडि नबढाए मानवअधिकारकर्मी र पीडित परिवारको सहयोगमा अन्तर्राष्ट्रिय अदालत सम्म जाने एडभोकेशी फोरमका अध्यक्ष मन्दिरा शर्मा बताइन् । नेपालको पहिलो मानवअधिकार उल्लङ्घन घटना जसमा यथेष्ट प्रमाण फेला परेकोले यस घटनाका दोषीहरु कुनै प्रकारबाट उम्कने अवस्था नरहेको राष्ट्रिय मानअधिकार आयोगका बासुदेव बजगाइँले बताए । जनकपुरका पाँचजना युवा विद्यार्थीलाई ०६० असोज २१ जनकपुरबाट बेपत्ता बनाइ गैरन्यायिक हत्या गरी शव गोदार-३ स्थित कमला किनारमा गाडिएको थियो । मानवअधिकार आयोगले ०६७ भाद्र २१ गते देखि ०६७ असोज ३ गतेसम्म शव उत्खनन् गरि ५ जना युवाको मानव कंकाल फेला पारी डीएनए परिक्षण गराइ प्रमाणित भइसकेको र आयोगले ०७१ साउन ७ गते पीडित परिवारलाई लास हस्तान्तरण गरेको थियो । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis