Incident Reports

कुटपिट गरेको आरोपमा पति र देवरविरुद्ध प्रहरीमा उजुरी

2014-12-18

Lumbini, Rolpa, Rolpa

धवाङ गाविस-१ की ३७ वर्षीय पुर्माली डाँगीले आफूलाई गालीगलौज र कुटपिट गरेको आरोपमा ४० वर्षीय पति इन्द्रबहादुर डाँगी र ३० वर्षीय देवर खुमबहादुर डाँगीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पुस ३ गते उजुरी दिएकीछन् । सामान्य घरायसी विवादमा मादक पदार्थ सेवन गरी गालीगलौज र कुटपिट गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । पीडितको जिल्ला अस्पताल रेउघामा पुस ३ गते स्वास्थ्य उपचार भएको छ । आरोपितहरुलाई कारबाही गरिने रोल्पाका डीएसपी नवीनराज राईले बताए । माधवकुमार ओली

0 Comments

Related Reports
Related Trend Analysis