Incident Reports

घरनिकाला गर्ने परिवारका सदस्यविरुद्ध प्रहरीमा उजुरी

2014-12-19

Province 1, Dhankuta, Dhankuta

Santosh Ruchal । ०७१ पुस ४ गते धनकुटा नपा-१४ साविक बेलहारा गाविस-४ की २६ वर्षीया हर्कमाया विश्वकर्माले आफूलाई हेला होचा गरी घरनिकाला गर्ने सासू ५५ वर्षीया रत्नमाया विश्वकर्मासहित जेठाजु र जेठानीलाई कारबाहीको माग गर्दै पुस ४ गते प्रहरीमा उजुरी दिएकी छन् । पति घरबाहिर रहेको अवस्थामा सासूसहित जेठाजु ३५ वर्षीय पूर्णबहादुर र जेठानी दिदी ३० वर्षीया सुस्मिता विश्वकर्माले हेलाहोचा गरी पुस ३ गते घरनिकाला गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । पीडितले सेवा केन्द्रमा दिएको उजुरीको आधारमा आरोपितहरूलाई घटनाको विषयमा आवश्यक अनुसन्धानको लागि कार्यालयमा उपस्थित गराउन मुलघाट प्रहरी चौकीलाई आजै निर्देशन दिई सकिएको सेवा केन्द्रकी प्रमुख अर्सइ सोमा तामाङले बताइन् । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis