Incident Reports

घरेलु हिंसा गरेको भन्दै पतिविरुद्ध उजुरी

2014-12-23

Province 1, Bhojpur, Tyamkemaiyung

Kiran Rai कोट गाविस-४ की ३५ वर्षीया निर्मला नेपालले २९ वर्षीय पति भुमिनन्द नेपालविरुद्ध घरेलु हिंसा गरेको भन्दै पुस ८ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएकी छन् । पतिले कुटपिट गरी दुःख दिने, पालनपोषण रेखदेख नगर्ने र बारम्बार मार्ने धम्की दिने गरेका कारण प्रहरीमा उजुरी दिनु परेको पीडितले बताइन् । उजुरीमा पीडितले पतिलाई कानुनी कारवाही र न्याय माग राखेकी छन् । पतिले दुःख दिएपछि नजिकै रहेको माइतीघरमा बस्दै आएको पीडित निर्मलाले बताइन् । पीडित महिला उजुरीको आधारमा भुमीनन्दलाई झिकाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी वासुदेव खतिवडाले बताए । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis