Incident Reports

पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार

2014-12-24

Sukdev Chaudhary नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका साधारण सदस्य तथा विराटनगर साप्ताहिकका अतिथि सम्पादक ३५ वर्षीय ब्रम्हदेव यादवलाई पुस ९ गते सुनसरी-मोरङ सिचाई आयोजनाका कर्मचारीले समाचारको विषयलाई लिएर कुटपिट तथा दुर्व्यवहार गरेका छन् । सिंचाई आयोजनामा हुने गरेको भ्रष्टचारको विषयमा समाचार प्रकाशन गरेको विषयमा कुराकानी गर्नको लागि भन्दै कार्यालयमै बोलाई इन्जिनियर तारा पौडेल, इन्जिनियरहरू केदार तिवारी, प्रेमचन्द्र झा तथा सहयोगी सुधिरसहितको समूहले अनुहार तथा ढाडमा कुटपिट गरी घाइते बनाएका छन् । पीडित यादवकाअनुसार सिचाइँ आयोजनाको कार्यालयका समाचारको विषयमा कुरा गर्न बोलाई कोठामा थुनेर निर्घात कुटपिट गरेको बताए । घाइतेको कोशी अञ्चल अस्पताल विराटनगरका उपचार भएको जनाइएको छ । कुटपिटको घटनाका संलग्न आरोपित मध्ये पौडेल र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis