Incident Reports

बलात्कारको आरोपमा प्रहरीमा उजुरी

2014-12-25

Province 1, Udayapur, Triyuga

Bharat Khadka बलात्कार घटनाकी पीडित आठ वर्षीया बालिकाको पुस ९ गते जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित परिवारले पुस ९ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा निवेदन दिएपछि बालिकाको स्वास्थ्य परीक्षण गरिएको हो । घटनाका आरोपित जाल्पाचिलाउने-२ का १८ वर्षीय विशाल केप्छाकी मगरलाई प्रहरी चौकी शुकौराले पुस ८ गते नै गिरफ्तार गरेको जिप्रका इन्स्पेक्टर डिल्लिबहादुर चौहानले बताए । घरमा कोही नभएको मौका छोपी आरोपिले मंसिर २२ गते बालिकालाई घर भित्रै बलात्कार गरेका थिए । बलात्कारपछि आरोपितले पीडित बालिकालाई आमाबुवालाई भने विद्यालय गएको बेला मार्ने धम्की दिँदै १० रुपियाँ दिएर फरार भएको पीडितका आमाले बताइन् । भरत खड्का

0 Comments