Incident Reports

बालिका बलात्कार प्रयासका आरोपित गिरफ्तार

2014-12-27

Madhes, Siraha, Dhangadhimai

Durga Pariyar १७ वर्षीया एक बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले पीप्रा गाविस -७ का २५ वर्षीय सञ्जिव साहलाई पुस ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकाअनुसार पुस १० गते आरोपितकी पत्नी २२ वर्षीया ममता साहले आफनो घरमा बोलाएर घरको ढोका बन्द गरी बाहिर गएको र उनको पतिले बलात्कारको प्रयास गरेको बताइन् । आफूले हल्ला गरेपछि छिमेकीहरू आए पछि आरोपितबाट बच्न सफल भएको र कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पुस ११ गते जाहेरी हालेको बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण रामकुमार उमाप्रसाद अस्पताल लहानमा पुस ११ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्र फुयालका अनुसार आरोपित साह र उनका पत्नी मम्ातालाई पुस ११ गते गिरफ्तार गरी आवश्यक कानूनी प्रकृया अगाडि बढाएको बताए । दुर्गा परियार

0 Comments