Incident Reports

कथित बोक्सी भन्दै मलमुत्र खुवाउन खोज्ने गिरफ्तार

2014-12-28

Madhes, Saptari, Shambhunath

Manohar Kumar Pokharel शम्भुनाथ गाविस-१ की ५१ वर्षीया जानकीदेवी गुप्तालाई कथित बोक्सीको आरोप लगाई कुटपिट गर्दै मलमुत्र खुवाउन खोज्ने सोही ठाउँका २९ वर्षीय गोबरु सदालाई प्रहरीले ०७१ पुस १३ गते गिरफ्तार गरेको छ । आरोपित गोबरुसहित निजकी पत्नी २७ वर्षीया अनारदेवी सदा, सोही ठाउँका ३३ वर्षीय बद्री भनिने चन्द्रकमल नारायण सदा, निजकी पत्नी ३० वर्षीया अमेरिका देवी सदाले कथित बोक्सी भन्दै पीडितलाई ०७१ वैशाख १ गते राति मलमुत्र खुवाउने प्रयास गरेको आरोप छ । प्रहरीले उजुरी दर्ता गर्न इन्कार गरेपछि पीडितले जिल्ला हुलाक कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई ०७१ वैशाख २३ गते र जिल्ला प्रशासन कार्यालयलाई वैशाख २४ गते उजुरी रजिष्ट्री गरी पठाएकी थिइन् । हुलाकबाट पठाएको उजुरी दर्ता गरी आवश्यक अनुसन्धान र कारबाही गर्न माग गर्दै पीडितले ०७१ वैशाख २५ गते पुनरावेदन अदालत राजविराजमा परमादेशको रिट निवेदन दिएकी थिइन् । न्यायाधीशदय साबिर हुसेन र तेजबहादुर राईको संयुक्त इजलाशले ०७१ वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयका नाममा उजुरी सनाखत गराई दर्ता गरी आवश्यक अनुसन्धान गर्न परमादेशको आदेश जारी गरेको थियो । अदालतबाट जारी भएको परमादेश ०७१ जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा तामेल भए पनि तत्कालीन प्रहरी प्रमुख एसपी दिनेश अमात्यले उजुरी दर्ता गरेका थिएनन् । पुनरावेदन अदालतको परमादेशअनुसार ०७१ मङ्सिर १७ गते मुद्दा दर्ता गरी आरोपितमध्येका गोबरु सदालाई पुस १३ गते गिरफ्तार गरिएको र अन्यको खोजी भइरहेको एसपी दानसिंह बोहराले जानकारी दिए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis