Incident Reports

सिरहामा एक व्यक्तिको हत्या

2014-12-27

Madhes, Siraha, Aurahi

सिरहाको दक्षिणवर्ती गाविस हकपाडा वडा नं ७ मा एक व्यक्तिको आइतबार साँझ हत्या भएको छ । सिरहा नगरपालिकासँगै जोडिएको हकपाडा गाविस वडा नं ७ स्थित खेतमा कृष्णपुर वडा नं ६ का अन्दाजी ४० वर्षीय चन्दर यादवको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीका अनुसार हकपाडा गाविसस्थित आँपको बगैँचामा घिसारेर हत्या गरिएको अवस्थामा यादवको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो । यादवको हत्या कसले र किन गरेको विषयमा अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक शाहीले बताए। रासस

0 Comments

Related Reports
Related Trend Analysis