Incident Reports

घरनिकाला गर्ने पतिविरुद्ध उजुरी

2014-12-29

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling दिक्तेल नगरपालिका-१४ की २२ वर्षीया सबिना लम्साल सार्कीले खानलाउनबाट नदिइ घरनिकाला गर्ने पति ३७ वर्षीय शुक्रबहादुर लम्साल सार्कीलाई कारबाहीको माग गर्दै पुस १३ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छिन् । नावालक छोरीलाई समेत वेवास्ता गर्दै पतिले बारम्बार शारीरिक तथा मानसिक यातना दिने, खानलाउनबाट वञ्चित गराउने, मादक पदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने गरेकोमा पछिल्लो समय पुस १० गते कुटपिटगरी घर निकाला गरेपछि उजुरी दिनुपरेको पीडितले बताइन् । पतिले घरबाट निकाला गरेपछि अर्खौले गाविस-१ स्थित माइतीघरमा शरण लिएर बस्दै आएको पीडितको उजुरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका अर्सइ मनोज यादवले पीडित र आरोपितबीच छलफल गराइने बताए । आरोपितलाई झिकाउन प्रहरी परिचालन गरिसकिएको उनको भनाइ छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis