Incident Reports

मार्ने धम्की दिएको भन्दै पतिविरुद्ध उजुरी

2014-12-30

Province 1, Khotang, Lamidanda

DM Chamling Rai लामीडाँडा गाविस-६ की ४० वर्षीया कृष्णकुमारी रोकाले पति ४५ वर्षीय छत्रबहादुर पिप्ले सार्कीलाई कारबाहीको माग गर्दै पुस १४ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छिन् । आरोपितसँग ०६५ सालमा सामाजिक परम्पराअनुसार विवाह गरेकोमा पछिल्लो समय खानलाउनबाट वञ्चित गराउने, छोराछोरीकोसमेत वेवास्ता गर्दै शारीरिक तथा मानसिक यातना दिने जस्ता क्रियाकलाप गर्दै आएकोमा पुस १० गतेदेखि ज्यान मार्ने धम्की दिएर घरबाट निकाला गरेको पीडितद्वारा दिइएको उजुरीमा उल्लेख छ । पतिले ज्यान मार्ने धम्की दिएपछि आफू माइती नेर्पा गाविस-८ मा बस्दै आएको पीडितको भनाइ छ । पीडितको उजुरीको आधारमा आरोपितलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका असई मनोज यादवले बताए । आरोपितलाई झिकाउन मातहतका प्रहरी परिचालन गरिएको उनले बताए । डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis