Incident Reports

यौन दुर्व्यवहारको आरोपमा कुटपिट गर्दा मृत्यु

2014-12-29

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai २४ वर्षीया एक महिलामाथि यौन दुर्व्यवहार गरेको भन्दै कुटपिट गर्दा दिक्तेल नगरपालिका-७ का ५० वर्षीय खड्गबहादु र राईको मृत्यु भएको छ । मृतक राईलाई पुस १२ गते साँझ स्थानीय ३७ वर्षीय होमबहादुर विश्वकर्मा र ३४ वर्षीय अबिबहादुर विश्वकर्माले कुटपिट गरी गम्भीर घाइते बनाएकोमा थप उपचारका लागि काठमाडौ लैजाने क्रममा सिन्धुली जिल्लाको खुर्कोटमा पुस १४ गते बिहान मृत्यु भएको आफन्तले जनाएका छन् । राईले ती महिलामाथि यौन दुर्व्यवहार गर्न खोजेको भन्दै कुटपिट भएको थियो । घाइतेको जिल्ला अस्पताल खोटाङलमा उपचार हुन नसकेपछि थप उपचारका लागि पुस १३ गते काठमाडौं लगिएको थियो । घाइते राईले यसअघि पनि उक्त महिलामाथि यौन दुर्व्यवहार गर्ने गरेको र जिल्ला प्रहरी कार्यालयमा पटक-पटक मिलापत्र गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका असई मनोज यादवले बताए । कुटपिटमा संलग्न दुवैजनालाई प्रहरीले पुस १३ गते गिरफ्तार गरेको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारवाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर लालवावु यादवले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis