Incident Reports

सार्वजनिक धाराको पानी खाएको आरोपमा कुटपिट तथा जातीय विभेद गर्नेविरुद्द उजुरी

2014-12-31

Shiva Prasad Dhungana सार्वजनिक धारामा पानी खाँदा जातीय विभेद गरेको आरोपमा बरुणेश्वर गाविस- ३ रामपुरमा व्यापार गर्दै आएका २० वर्षीया लीलादेवी विक र २३ वर्षीय उनका पति भीमबहादुर विकले छिमेकी २८ वर्षीया अस्मीता राई उनकी छोरी १५ वर्षीया बिनीता राईविरुद्ध ओखलढुङ्गाको रामपुरका एक दलित परिवारले विभेद गर्नेमाथि कारवाही गर्दै जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा ०७१ पुस १६ गते उजुरी दर्ता गरेका छन् । पीडित दम्पतीले सार्वजनिक धारामा पानी खाएको निहुँमा तल्लो जातको भनी गाली गलौज गर्दै पुस १५ गते कुटपिट गरेको निवेदनमा उल्लेख गरेका छन् । आरोपितहरुको कुटपिटबाट लीलादेवी विकको कान, ओठ तथा शरीरका अन्य भागमा चोट लागेको छ । घाइते लिलादेवीको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । तिर्खा लागेर पुस १५ गते दिउँसो सार्वजनिक धारामा पानी खाएपछि तल्लो जातकी भन्दै आफूमाथि अस्मिता राईले गालीगलौज गरेपछि भनाभन हुँदा आफूमाथि कुटपिट भएको पीडितले बताइन् । 'धारामा पानी खाँदा तल्लो जातको भनी अस्मिताले कुटपिट गर्न थालेपछि उहाँकी आमा विनिता आएर दुवैजनाले कुटपीट गरे' पीडित लिलादेवीले भनिन् । घटनाबारे उजुरी आएकाले पीडितलाई पुस १६ गते घाउ जाँच गराउन लगाएको र पीडिक पक्षलाई झिकाएर कारबाही प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर विकले बताए । शिवप्रसाद ढुंगाना

0 Comments

Related Reports
Related Trend Analysis