Incident Reports

विवाह गरेर अलपत्र बनाएको भन्दै पतिविरुद्ध उजुरी

2014-12-31

Province 1, Khotang, Diprung

DM Chamling डाँडागाउँ गाविस-१ की १६ वर्षीया शर्मिला परियारले ललाइफकाइ विवाह गरेर अलपत्र बनाएको भनी विजयखर्क गाविस-२ का १८ वर्षीय विशाल परियारलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय दिक्तेलमा पुस १५ गते उजुरी दिएकी छन् । आरोपितले ०७१ असार १८ गते आफूलाई ललाइफकाइ विवाह गरी लगेको र कात्तिक २९ गतेदेखि अलपत्र बनाएर छाडेको पीडितको भनाइ छ । पीडितको उजुरीको आधारमा आरोपित र पीडितबीच आवश्यक छलफल गराइने जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका असई मनोज यादवले बताए । डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis