Incident Reports

हिन्दुराष्ट्रको लागि राप्रपा नेपालले आज शक्ति प्रदर्शन गर्दै

2015-01-02

Bagmati, Kathmandu, Kathmandu

देशका विभिन्न ठाउँमा जागरण अभियानपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको रथयात्रालाई आज काठमाडौँमा प्रवेश गराएको छ। यही पुस ९ गतेदेखि काकरभिट्टाबाट सुरु भएको सो रथयात्रा तराईका २२ जिल्ला तथा पहाडका आठ जिल्लामा यात्रा तथा सभा गरी यहाँ आइपुगेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए। पार्टीले नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै करिब दुई हजार किमिको सो यात्रा गरेको र यात्राका क्रममा विभिन्न स्थानमा स्थानीय जनतासँग अन्तक्र्रिया तथा सभा गरेको छ। भक्तपुरको दत्तात्रय तथा ललितपुरको कृष्णमन्दिर आसपास क्षेत्रमा शुक्रबार यात्रा गरी अपराह्न खुलामञ्चमा सभा गरेर पशुपतिनाथमा पुगेर रथयात्रा समापन हुने जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments