Incident Reports

जोमसोममा साढे तीन फिट हिउँ

2015-01-02

Gandaki, Mustang, Gharapjhong

RSS मुस्ताङ, पुस १८ – मुस्ताङ सदरमुकाम जोमसोममा साढे तीन फिट हिउँ जमेको छ । मुस्ताङमा बिहीबार दिउँसो २ बजेदेखि निरन्तर हिउँ परिरहेको छ । वर्षासँगै हिउँ परेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् । पसल, उद्योगधन्दा र सवारीसाधन पूर्णरुपमा ठप्प बनेको छ । मुस्ताङमा एक महिनाको अवधिमा तीनपटक हिमपात भएको छ । पटक–पटक हिमपात हुँदा यहाँको दैनिकी अस्तव्यस्त बन्दै गएको स्थानीयले बताएका छन् । हिमपातका कारण बिहीबार रातिदेखि नै यहाँ विद्युत् आपूर्ति अवरुद्ध बनेको छ । शुक्रबार दिउँसोसम्म जोमसोममा साढे तीन फिट हिउँ परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका कार्यालय प्रमुख विदुर कुइँकेलले जानकारी दिए । उनका अनुसार, हिउँ पर्ने क्रम अझै रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, जिल्लाका घासा क्षेत्रबाहेक सबै भू–भागमा भारी हिमपात भइरहेको छ । म्याग्दीको भुरुङ तातोपानीबाट जोडिएको प्रसारण लाइनमा समस्या आएपछि विद्युत् आपूर्ति ठप्प भएको नेपाल विद्युत् प्राधिकरण मुस्ताङले जनाएको छ । हिउँ पर्ने क्रम जारी रहेको र सडकभरि हिउँ जमेकाले कुन क्षेत्रमा समस्या देखिएको भन्ने समेत पहिचान हुन सकेको छैन । विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल, इन्टरनेटलगायतका सेवा अवरुद्ध बनेको छ

0 Comments