Incident Reports

छोरीको हत्या गरेको आरोपमा बाबु आमासहित तीन गिरफ्तार

2014-12-20

Madhes, Mahottari, Loharpatti

छोरीलाई कर्तव्य गरी मारेको आरोपमा महोत्तरी प्रहरीले धमौरा गाविस-७ का ४२ वर्षीय सञ्जिवकुमार मिश्र, उनकी पत्नी ३२ वर्षीया विनीता मिश्र र ४० वर्षीय मोहम्मद अहमदलाई पुस १६ गते प्रहरीले गिरफ्तार गरेको छ। डीएसपी लोकेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार गिरफ्तार गरिएका मिश्र दम्पतीले छोरी १८ वर्षीया सोनाली मिश्रले अवैध गर्भ बोकेको भन्दै पुस ५ गते राति कर्तव्य गरी मारेर आफ्नै गाडीमा राखी भारतमा लगेर जलाएको आरोप लगाइएको छ । छोरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक सोधपुछमा मिश्र दम्पतीले बताए पनि हत्या वा आत्महत्या वा कुनै कारणवश मृत्यु भए पनि प्रहरी र समाजको जानकारी बिना शवको दाहसंस्कार गर्नु शंकास्पद रहेकोले गिरफ्तार गरिएका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य चार जना अझै फरार रहेको डीएसपी श्रेष्ठले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments