Incident Reports

महिलाद्वारा नाता कायम मुद्दा दर्ता

2015-01-02

Madhes, Saptari, Chhinnamasta

छिन्नमस्ता गाविस-१ की २५ वर्षीया सीताकुमार यादवले पति ५६ वर्षीय रामलखन यादवविरुद्ध ०७१ पुस १७ गते जिल्ला अदालत सप्तरीमा नाता कायमको मुद्दा दर्ता गरेकी छन् । सिरहाको इनर्वा गाविस-९ की पीडित र छिन्नमस्ता गाविस-१ का आरोपितले ०६५ वैशाख १५ गते प्रेमविवाह गरी नकटी रायपुर गाविस-८ मा सँगै बस्दै आएका थिए । पीडितले विवाह दर्ता र नागरिकता बनाइ दिन भन्दा आरोपितले विवाह गरेको इन्कार गरी शारीरिक र मानसिक यातना दिएकोले नाता कायमको माग गर्दै पीडितले उजुरी दिएको अदालतले जनाएको छ । पीडितले उजुरीका साथ जन्म दर्ता र आरोपितसँग विवाह प्रमाणित गरेको इनर्वा गाविस कार्यालयको पत्र पेश गरेकी छन् । पीडित हाल इनर्वा गाविस-९ स्थित माइत बसेकी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments