Incident Reports

बहुविवाहका आरोपित दम्पती गिरफ्तार

2015-01-02

Province 1, Panchthar, Falelung

बहुविवाह गरेको आरोपमा याङ्नाम गाविस- १ का ३२ वर्षीय इन्दु भनिने भीराज लिम्बू र ममेङ गाविस-२ का २० वर्षीया सकुन लिम्बूलाई प्रहरीले पुस १७ गते गिरफ्तार गरेको छ । याङ्नाम गाविस- १ का भीमराजकी पत्नी २८ वर्षीया सपना लिम्बूले दिएको उजुरीका आधारमा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालका डीएसपी दीपक पोख्रेलले बताए । पीडितले आरोपितद्वयविरुद्ध पुस १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको उजुरी पुस १५ गते दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ । आरोपितद्वयले पुस ११ गते विवाह गरेकाले कानुनी कारबही गरी पाउँ भनी पीडितले दिएको उजुरीमा उल्लेख गरिएको छ । आरोपितद्वयको म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी पोख्रेलले जानकारी दिए ।

0 Comments