Incident Reports

न्यायाधीश बमको हत्यामा सङ्लग्न रहेको आरोपमा चारजना गिरफ्तार

2015-01-03

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा सङ्लग्न रहेको आरोपमा प्रहरीले चारजनालाई गिरफ्तार गरेको छ । बमको हत्यामा संलग्न भएको भनी प्रहरीले पुस १९ गते प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलनमार्फत चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन नेता सर्लाही ढुङ्ग्रेखोला-४ का ३८ वर्षीय बाबु थापा भन्ने मेघबहादुर थापा, जनकपुर ठेगाना भएका ३८ वर्षीय शिब भन्ने करण चौधरी, सर्लाही हरिबन-५ नयाँरोड ठेगाना भएका २८ वर्षीय नवीन भन्ने प्रेमराज खड्का र जनकपुर ठेगाना भएका ३८ वर्षीय दिपक कर्णलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपालमा भएको अपराधको इतिहासमै ठूलो घटना भएकोले नेपाल प्रहरीले अनुसन्धानको उच्च प्राथमिकतामा राखी अत्यधिक साधनस्रोत खर्च गरी अभियुक्तहरु पक्राउ गर्न सफल भएको बताए । तत्कालीन चुरेभावर राष्ट्रिय पार्टीको अध्यक्ष केशव मैनाली र उपाध्यक्ष बाबु थापाबीच आन्तरिक विवादपछि दुवैले छुट्टाछुट्टै रुपमा महाधिवेशन आयोजना गरी छुट्टाछुट्टै केन्द्रीय समितिको गठन गरेका थिए । सो विवादमा ०६६ सालमा निर्वाचन आयोगले बाबु थापाको समुहलाई मान्यता दिएको थियो भने सर्वोच्च अदालतमा परेको यसै विवाद सम्बन्धी मुद्दामा तत्कालीन सर्वोच्चका न्यायाधीश बमको इजलासले मैनालीको समूहलाई आधिकारिक भएको ठहर गर्दै अन्तिरम आदेश सुनाएको थियो । यसै विषयलाई लिएर बाबु थापाको योजनामा न्यायाधीश बमको हत्या गरिएको अनुसन्धानले देखाएको प्रहरीले जनाएको थियो । पत्रकार सम्मेलनमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीले पक्राउ अभियुक्तहरु, अपराधमा प्रयोग भएका साधनस्रोतहरु तथा प्रहरी अनुसन्धानका क्रममा खुलेका तथ्यहरुबारेमा बिस्तृत रुपमा जानकारी गराएका थिए । न्यायाधीस बम चढेको गाडीमा २०६९ जेठ १८ गते बिहान ११स्०२ बजे ललितपुर उपमहानगरपालिका-३४ शंखमुलस्थित युएन पार्कनजिकै ३ वटा मोटरसाइकलमा आएका ५ जनाले गोली प्रहार गर्दा न्यायाधीस बमको निधन भएको थियो भने उनका साथी राम गिरी र अंगरक्षक प्रहरी सहायक निरीक्षक महेस गिरी घाइते भएका थियो । घटनामा संलग्न रही फरार रहेका रामेछाप खनियापानी-७ ठेगाना भएका संजय ईस्माली मगर हाल साउदी अरवमा रहेको र आवश्यक प्रकृया पश्चात इन्टरपोलमार्फत निजलाई नेपाल ल्याउने कारबाही प्रकृया अगाडि बढाइनेसमेत सो अवसरमा जानकारी दिइएको थियो । विवेक ढुङ्गाना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments

Related Reports