Incident Reports

तीन बालबालिकाको लास एकै ठाउँमा फेला

2015-01-03

Madhes, Saptari, Hanumannagar Kankalini

बैरबा गाविस-३ स्थित कोसी नदीको पश्चिम तटबन्धनजिक हत्या गरी फालिएको अवस्थामा ०७१ पुस १९ गते तीन बालबालिकाको लास फेला परेको छ । सप्तकोसी नदीको पश्चिम तटबन्धको पूर्वतर्फजमेको पानीमा बालबालिकाको लास बेवारिसे अवस्थामा फेला परेको डिएसपी एवं प्रवक्ता केदार ढकालले बताए । डिएसपी ढकालले छ वर्षीय बालक, तीन वर्षीया र छ महिनाकी काखे बालिकाको लास पानीबाट निकालेको जानकारी दिएका छन् । सनाखत हुन नसकेको ती बालबालिकालाई विष सेवन गराई हत्या गरेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनास्थलबाट विषको बोतल, एक थान सारी र महिलाले लगाउने एक जोडी चप्पलसमेत बरामद गरेको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी ढकालले बताए । लासलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 3
Female Killed 2
Youth Killed 3
INSEC

0 Comments